६ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिग अन्तर्गत युभेन्टसलाई पराजित गरेको छ ।

गएराति भएको प्रतिस्पर्धात्मक खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले युभेन्टसलाई १–० गोल अन्तरले पराजित गरेको हो।

रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङ्घमले खेलको ५७औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए, जसले अन्ततः निर्णायकको भूमिका खेल्यो।

यो जितसँगै रियल म्याड्रिडले तीन खेलबाट पूर्ण ९ अंक जोड्दै अंक तालिकामा पाँचौं स्थानमा उक्लिएको छ। युभेन्टस भने तीन खेलमा जम्मा दुई अंकसहित २५औं स्थानमा रहेको छ।