६ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। भाइटीका लगाउने क्रममा बेहोस भएका राष्ट्रिय जनमोर्चा (राजमो) रुपन्देहीका अध्यक्ष टानबहादुर केसीको मृत्यु भएको छ।

बिहीबार मध्याह्न भाइटीका लगाउँदै गरेका केसी अचानक बेहोस भएपछि अस्पताल पुर्‍याउँदै गर्दा उनको मृत्यु भएको हो।

राजमो रुपन्देहीका नेता गंगालाल सापकोटाका अनुसार बुटवल १९ स्थित आफ्नै निवासमा भाइटीका लगाउँदै गर्दा ५० वर्षीय केसी बेहोस भएर ढलेका थिए।

उनलाई उपचारका लागि बुटवल हस्पिटल प्रालिमा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। केसीको निधनप्रति मातृ पार्टी नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ति जारी गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।