काठमाडौँ। एप्पलले आइफोन एयरको उत्पादनमा कटौती गरेको छ। व्यापार प्रकाशन निकेईका अनुसार अपेक्षाभन्दा उपभोक्ताको माग कम हुँदा उत्पादनमा पनि ठूलो कटौती गरिएको हो।
चीनमा लन्च भएको केही घण्टामै आइफोन एयर बिक्री भएको प्रारम्भिक रिपोर्ट आए पनि समग्र प्रतिक्रिया अनपेक्षित रह्यो। उपभोक्ताको माग उत्साहजनक नरहेपछि बिक्री पनि उल्लेख्य घट्यो।
प्रयोगकर्ताहरूले आइफोन एयरमा एउटै मात्र स्पिकर रहेको, एकमात्र क्यामेरा तथा पातलोपनका कारण ब्याट्री लाइफ अत्यन्तै कमजोर रहेको भन्दै असन्तुष्टि जनाएका छन्। प्रो मोडेलहरूमा उपलब्ध हुने एमएमवेभ पनि यसमा छैन। यसमा यूएसबी-सीमार्फत एक्सटर्नल मनिटर वा टीभीमा डिस्प्ले आउटपुट गर्ने सुविधा पनि छैन।