काठमाडौँ। भारतमा हैदराबादबाट बेंगलुरु जाँदै गरेको यात्रु बसमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने धेरै जना गम्भीर घाइते भएका छन्।
बेंगलुरु जाँदै गरेको बसमा कर्नुल जिल्लाको निचन्ना टेकरू गाउँ नजिकै शुक्रबार बिहान आगो लागेको थियो। आगोले बस पूर्णरूपमा जलेर क्षतिग्रस्त भएको छ । बसमा करिब ४२ जना यात्रु रहेका थिए।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ। त्यसैले मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका गरिएको छ।
एउटा मोटरसाइकल बससँग ठोक्किएर तेल ट्यांकीमा ठोक्किएको र त्यसपछि आगलागी भएको अनुमान गरिएको छ।