७ कार्तिक २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

सोलुखुम्बु। बिहीबार साँझ सोलुखुम्बुमा बोलेरो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्।

माप्य दुधकोसी–६ स्थित भिरकुनामा साँझ ६ः ३० बजेको समयमा बागमती प्रदेश ०१ ०३१ च ५९२४ नम्बरको जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको हो।

गाडीमा सवार ११ मध्ये घटनास्थलमा तीन जना महिलाको मृत्यु भएको छ।  घाइते भएका ६ मध्ये तीनजनाको मध्यम र दुईजनाको अवस्था सामान्य  रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूमा चालक श्रीध्वज राईसहित, गंगा राई, बस्तीकला राई, समया राई, सजना राई र उमेश राई छन्।