काठमाडौँ। हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, आज राती पनि कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही देशका अन्य स्थानमा मौसम सफा रहने पूर्वानुमान गरिएको छ।
रातीको समयमा गण्डकी प्रदेशको पहाडी तथा हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ।
महाशाखाले किसान, यात्रु र पर्वतारोहण गर्नेहरूलाई आवश्यक सतर्कता अपनाउन सुझाव दिएको छ।