७ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। आईसीसी एक दिवसीय महिला क्रिकेट विश्वकप २०२५ को लीग प्रतिस्पर्धामा भारतले न्यूजिल्यान्डलाई ५३ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ।

पहिले ब्याटिङ गर्दै भारतले ४९ ओभरमा तीन विकेट गुमाएर ३४० रन बनाएको थियो। वर्षाका कारण खेल सुरुमा ४९ ओभरमा घटाइएको थियो तर फेरि वर्षाका कारण खेल ४४ ओभरमा घटाइएको थियो। जसले न्युजिल्यान्डलाई ३२५ रनको नयाँ लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउँदै न्युजिल्यान्डले ४४ ओभरमा आठ विकेट गुमाएर २७१ रन मात्र बनायो।

भारतका लागि ओपनर प्रतिका रावलले १२२ रन र स्मृति मन्धानाले १०९ रनको शानदार शतकीय पारी खेलिन्। त्यस्तै, जेमिमा रोड्रिग्सले पनि ७६ रनको महत्त्वपूर्ण योगदान दिइन्।

बलिङतर्फ भारतका लागि रेणुका सिंह ठाकुर र क्रान्ति गौडले दुई/दुई विकेट लिए।

यो जितका साथै भारतीय टिम अस्ट्रेलिया, इंग्ल्यान्ड र दक्षिण अफ्रिकापछि सेमिफाइनलमा पुग्ने चौथो टिम बनेको छ।