सान्या अधिकारी मिस युनिभर्समा सहभागिता जनाउन थाइल्यान्ड प्रस्थान
काठमाडौं। मिस युनिभर्स नेपाल सान्या अधिकारी ‘मिस युनिभर्स’को ७४औं संस्करणमा सहभागिता जनाउन थाइल्यान्ड प्रस्थान गरेकी छन्।
सान्यालाई मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशन संगीता पुरी र आयोजक संस्थाका प्रतिनिधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर बिदाइ गरेका छन्। थाइल्यान्डमामा यस वर्षको मिस युनिभर्सको प्रतिस्पर्धा हुँदै छ। २१ नोभेम्बरमा बैंकक महानगरीय क्षेत्रको नोन्थाबुरीको पाक क्रेटमा रहेको इम्प्याक्ट च्यालेन्जर हलमा फिनाले आयोजना गरिएको छ।
थाइल्यान्डले चौथोपटक मिस युनिभर्सको प्रतिस्पर्धा आयोजना गरेको हो। ११९ सुन्दरीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने जनाइएको छ। साउदी अरेबियाले पहिलोपटक सहभागिता जनाउँदै छ।