काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

साताको सट

८ कार्तिक २०८२
अ+
अ-

प्रायः सुन्दर हुन्छ, शरद्। एकातिर उघ्रिएको मौसम, अर्कोतिर चाडपर्वले हौसिएको सहर।

त्यसमाथि लहरै खुल्ने हिमालको दृश्यले काठमाडौँको शोभा बढाइरहेको हुन्छ, यो याममा।

शरद् सम्झाउने यस्तै दृश्य ललितपुरको भैँसीपाटीबाट देखिएको छ। जहाँ एक बालक नियालिरहेका छन्- काठमाडौँ सहर, सहरमाथि हल्का धुलोको पर्दा, र टाढा क्षितिजमा झल्किँदै गरेको हिमशृंखला।