काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौं महानगरका मेयर बालेन साह, हामी नेपालका संयोजक सुदन गुरुङ र गृहमन्त्री ओमप्रकाश अर्यालका समर्थकले मात्र माइतीघर मण्डललाई प्रदर्शनस्थल बनाएको दाबी गरेका छन्।
माइतीघरलाई एक पक्षको मात्रै बनाइएको उनको आरोप छ। सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘माइतीघरमण्डला कुनै एक पक्षका लागि मात्रै होइन- सबैका लागि हो। बालेन, सुदन वा गृहमन्त्रीका समर्थकहरूको मात्रै प्रदर्शनस्थल बनाउनु कानुनी सिद्धान्तमाथिको उपहास हो।’
राज्यप्रतिका असन्तुष्टि, फरक मत, जनआवाज उठाउन आममानिसले प्रयोग गर्ने माइतीघर मण्डललाई एक पक्षीय बनाइएको पोखरेलको आरोप छ।
माइतीघर सबैको आवाज उठाउने थलो भएको बताउँदै पोखरेलले अन्य पक्षलाई निषेध गर्नु कानुनी सिद्धान्तको उपहास भएको बताएका छन्।