काठमाडौं। आज २०८२ साल कात्तिक ८ गते शनिबार। कात्तिक शुक्ल पक्षको चतुर्थी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २५ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ।
मेष: काम गर्ने सवालमा होसियार रहनुहोला काम बिगार्ने तथा तपाईको नकारात्मक सोच्नेहरु सक्रिय हुनेछन् । परिश्रको फल अरुले नै हत्याउन कोसिस गर्नेछन् । अध्ययनमा मन जानेछैन भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । आम्दानी हुँने ठाउँमा शत्रुका आँखा लाग्न सक्छ ध्यान दिनुहोला ।
बृष: सरकारी तथा प्रशासनिक स्तरबाट आवश्यक सहयोग नपाईने हुदा समयमा कामहरु सम्पादन हुने छैनन् । व्यापार व्यावसायमा भनेजस्तो आम्दानी हुनेछैन । प्रणय सम्बन्धमा चिसोपनको विकास हुनेछ भने आफन्तसग मनमुटाव बढ्ने योग रहेकोछ । अध्ययन तथा अध्यापनमा अलि बढि समय दिन सके नजिता तपाईको पक्षमा आउनेछ ।
मिथुन: व्यापार व्यावसायबाट मनग्य आम्दानी हुनेछ। उच्च अध्ययनको शिलशिलामा छोटो तथा लामो दुरीको यात्राको तय गर्न सकिनेछ। सेवा गर्ने अवसर प्राप्त हुने हुँदा मन प्रशन्न रहनेछ। लामो दुरीको यात्रा तय गर्न सकिनेछ।
कर्कट: स्वास्थ्य भरपर्दो रहनेछ। माया प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने भौतिक सम्पति तथा उपाहार प्राप्त हुनेछ। व्यापार व्यावसायमा गरेको लगानी फस्टाएर जाने तथा आम्दानीका स्रोत बढाउन सकिनेछ। बौद्धिक कार्यमा सहभागी भई काम गर्ने अवसर जुर्ने तथा मनग्य पैसा कमाउन सकिनेछ।
सिंह: सीमित स्रोत तथा साधनबाट असीमित आवश्यक्ताहरु पूरा गर्नुपर्नेछ भने यस्तै बेलामा आम्दानीका स्रोतहरु साघुरा हुनेछन्। नीति नियम तथा कानुन नमान्दा फन्दामा परिन सकिन्छ ध्यान दिनुहोला। शत्रुले दु:ख दिनेछन् भने न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईका पक्षमा हुने छैनन् ।
कन्या: आफन्तहरु टाढिनेछन् भने शुभचिन्तकको सहयोग तथा समर्थन पाईने छैन । माया प्रेममा अविश्वास बढ्नेछ भने घरमा मनमुटाव सिर्जना हुनेछ ।काम गर्दा पनि आलोचनाको सिकार हुनुपर्दा मन खिन्न हुनेछ । यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ ।
तुला: समय अत्यन्तै शुभ छ । शुरु गरेको काममा साथ दिने तथा सहयोग गर्ने मानिसहरु भेटिनेछन् । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक व्याबस्थापनका मुद्दाहरु हल भएर जानेछन् । छोटो तथा लामो दुरीको उपलब्धिमूलक यात्राको तय हुनेछ भने यात्राका क्रममा राम्रा तथा परिणाममुखी कामहरु गर्न सकिनेछ ।
वृश्चिक: अलि बढि अध्ययन तथा अनुसन्धान गरि प्रस्तुत हुनुहोला किनकी प्रतिस्पर्धीहरु तपाईभन्दा बलिया हुन सक्छन् । राम्रो काम गर्दा गर्दै गलत आक्षेप लगाउनेहरु हावी हुनेछन् भने कार्यक्षेत्रमा तपाईको आलोचना गर्नेहरु सक्रिय हुनेछन् । समस्या समाधानका लागि चालिएका कदमहरु निरर्थक हुनेछन्
धनु: स्वास्थ्य सबल रहनेछ । राम्रो कम्पनीबाट नोकरीको प्रस्ताव आउन सक्छ । कामका लागि विदेश जाने सम्भावना पनि छ । आर्थिक क्षेत्रमा तपाईँका लागि मिश्रित फलदायक छ । आर्थिक क्षेत्रमा उतारचढाउ आउन सक्छन् । तपाईँको आय र व्ययमा निकै फरक आउन सक्छ
मकर: मकर राशि भएकाहरूका लागि आज पनि समय तथा स्वास्थ्य अनुकुल छैन । पढाई लेखाईमा सफलता प्राप्त गर्न अलि बढिनै समय लगानी गर्नुपर्नेछ । आफन्त तथा अग्र्रज ब्याक्तित्वसँग सैद्धान्तिक बिषयमा राय बाजिनेछ भने घर परिवार तथा आफन्तहरुबाट भनेजस्तो सहयोग नपाईने हुँदा दिगो काम गर्ने अवसर गुम्नेछ ।
कुम्भ: समय शुभ, स्वास्थ्य राम्रो रहनेछ, आर्थिक क्षेत्रमा तपाईँले एउटा ठूलो उपलब्धि हासेल गर्नु हुने छ । आर्थिक लाभका बलिया अवसरहरू छन् । ब्यापारमा नयाँ विचारले तपाईँलाई आर्थिक लाभ वृद्धि गर्नमा मद्दत गर्ने छन् । आज तपाईँ प्रशस्त धन कमाउन सफल हुनुहुने छ । पठनपाठन र चिन्तन मननमा ध्यान केन्द्रित हुनसक्छ ।
मीन: समय मध्यम छ । तपाईँले आरोह अवरोहको सामना गर्नु पर्नेछ । प्रेम जीवनका लागि अनुकूल छैन। प्रेम जीवनमा चुनौतिको सामना गर्नु पर्न सक्छ । नोकरी र ब्यापारको सिलसिलामा घरबाट टाढा जानुपर्ने हुन सक्छ । गाडी सावधानीपूर्वक हाक्नुहोला।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस्।