काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

९ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। मिलिन्द कुमार र समित पटेलको ९५ रनको विशाल साझेदारीसँगै अमेरिकाले आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपाललाई २६३ रनको लक्ष्य लिएको छ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २६२ रन बनाएको हो।

अमेरिकाका समितले सर्वाधिक ७५ रन बनाए। १०० बल खेलेका उनले ९ चौका प्रहार गरे। उनले तेस्रो विकेटका लागि मिलिन्दले ९५ रनको साझेदारी गरेका थिए। समितलाई करण केसी र सोमपाल कामीले रन आउट बनाउँदै उक्त साझेदारी तोडे।

मिलन्दले भने अविजित रहँदै ७० रन बनाए। उनीबाहेक सैतेजा मुक्कामल्लले ४२ र शुभम रञ्जनेले १९ रन बनाए।

नेपालका सन्दीप लामिछानेले सर्वाधिक २ विकेट लिए। १० ओभर बलिङ गरेका उनले ५६ रन खर्चिए। सोमपाल कामी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीको नाममा समान एक विकेट रह्यो।