९ कार्तिक २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौं। ललितपुर महालक्ष्मी नगरपालिका ५, टीकाथलीनजिकै हनुमन्ते खोलामा पेस्तोल फेला परेको छ।

राधाकृष्ण खानेपानी ट्यांकीनजिकै खोलाकिनारमा आइतबार दिउँसो चाइनिज पेस्तोल फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

खोला किनारमा ३ राउन्ड गोली लोड रहेको म्यागजिनसहित पेस्तोल फेला परेको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीले बताए। पेस्तोल भेटिएपछि वृत्त सातदोबाटोको सिभिल र प्रहरी चौकी टीकाथलीको संयुक्त टोलीले मुचुल्का उठाएर अनुसन्धान थालेको छ।

उक्त पेस्तोल २४ भदौको जेन-जी आन्दोलनका क्रममा प्रहरी कार्यालयबाट लुटेको हुन सक्ने अनुमान गरिएको छ।