काठमाडौँ। नेपाल प्रहरीका पाँचजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका छन् ।
जसमा पहिलो नम्बरमा भूपेन्द्रबहादुर खत्री छन्। सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले क्रमश: दोस्रोदेखि पाँचौं नम्बरमा छन्।
बढुवा सिफारिस समितिको आइतबार बसेको बैठकले बढुवाका लागि सिफारिस गरेको हो ।
