काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

९ कार्तिक २०८२
खगेन्द्र सुनार
अ+
अ-

काठमाडौं। सुशीला कार्की सरकारको मन्त्री सिफारिसमा परेका खगेन्द्र सुनारविरूद्ध जिल्ला अदालत काभ्रेले पक्राउ पुर्जी जारी गरेको पाइएको छ।

सुनारविरूद्ध ४ साउनमा काभ्रे जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको भेटिएको हो। विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुर मुद्दामा उनीविरूद्ध सात र ३५ दिनको पक्राउ पुर्जी जारी भएको थियो।

काभ्रे जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय दैलेखलाई उक्त मुद्दामा सुनारलाई पक्राउ गरी पठाउन चिठी लेखेको थियो।

कार्की मन्त्रिमण्डलमा सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिन लागिएको थियो।