काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

चीनले नेपालसँग सहकार्य गर्ने

९ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। चीनको युनान प्रान्तको लिजियाङमा ‘फाल्कन कप’ अन्तर्राष्ट्रिय धनुर्विद्या आमन्त्रण प्रतियोगिता र दशौँ झेङजी कप धनुर्विद्या आमन्त्रण प्रतियोगितामा नेपाल सहभागी भएको छ।

प्रतियोगितामा हङगेरी, थाइल्यान्ड, म्यान्मार र नेपालका साथै चीनका ग्वाङ्डोङ, सान्डोङ, चोङ्किङ, आनहुई, चिङहाइ, टियानजिन, हङकङ र युनान प्रान्तका कुनमिङ, क्विजिङ, फुमिन, दाली, लिजियाङ, शाङ्ग्रिलालगायतका स्थानबाट १६० खेलाडी सहभागी भएका थिए।

नेपालका तर्फबाट उद्घाटन समारोहमा काठमाडौं झेङजी ट्रेडिसनल आर्चरी एन्ड मार्सल आर्ट अर्गनाईजेसनका सचिव राजीव महर्जन सहभागी भएका थिए।

कार्यक्रममा नेपालमा परम्परागत आर्चरी, उसु र कुस्ती खेलमा सहयोग गर्न चीनको युनानस्थित स्पोर्ट्स इन्स्टिच्युट अफ युनान विश्वविद्यालय, ट्रेडिसनल आर्चरी एसोसिएसन युनान र कुन्मिङ जेन्जी आर्चरी क्लबले सहकार्य गर्ने पुन प्रतिबद्धता जनाएको छ।

ट्रेडिसनल आर्चरी एसोसिएसन युनान शाखाले आयोजना गरेको कार्यक्रममा ट्रेडिसनल आर्चरी एसोसिएसन युनान शाखाका अध्यक्ष कोङ उइझाङ र मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष एवं काठमाडौं झेङजी ट्रेडिसनल आर्चरी एन्ड मार्सलआर्ट अर्गनाइजेसनका सचिव राजीव महर्जनबीच सहकार्य गर्ने सहमति भएको छ।

यसअघि यो संस्थाले प्रशिक्षकहरुको आदान-प्रदान गर्ने, नेपाली खेलाडीलाई प्रशिक्षणका लागि विश्वविद्यालय र एसोसिएसनले अवसर दिने, वर्षमा न्यूनतम एक कार्यक्रम संयुक्त रुपमा गर्ने, नयाँ खेलाडी उत्पादनका लागि आवश्यक सहयोग गर्ने सहमति भएको बताइएको छ।