काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

९ कार्तिक २०८२
खगेन्द्र सुनार
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिमण्डलमा श्रम तथा रोजगारमन्त्रीमा सिफारिस भएका दैलेखका खगेन्द्र सुनार विभिन्न विवादमा मुछिएको सार्वजनिक भएको छ। सुनारको नाममा जिल्ला अदालत सुर्खेतबाट पक्राउ पुर्जी जारी भएको समेत भेटिएको छ।

स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीलाई हातपात गरेको अभियोगमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।

यस्तै दैलेखमा नवराज विकको हत्या भएपछि दलित अधिकारको अभियानमा जोडिएका सुनारले उक्त घटनामा अदालतको फैसला चित्त नबुझाएपछि अदालतको गेट तोडफोड गर्नुका साथै कानुन व्यवसायीको चरित्र हत्या गरी सामाजिक सञ्जालमा लेखेका थिए।

यसपछि सुनारविरुद्ध सर्वोच्चमा मानहानि मुद्दा दर्ता भएको थियो। हाल विचाराधीन उक्त मुद्दाको पेसी असोज ६ गते तोकिएको थियो।

यस्ता विभिन्न विवादमा मुछिएको र फरार अभियुक्तसमेत भएको सार्वजनिक भएपछि हाल सुनारलाई मन्त्री नियुक्त गर्ने कि नगर्ने भन्नेबारे प्रधानमन्त्री कार्की छलफलमा छिन्।