काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

९ कार्तिक २०८२
तिलिचो तालमा पर्यटक। सबै तस्बिर : शिखा श्रेष्ठ/नेपालन्युज
अ+
अ-

अन्नपूर्ण हिमशृंखलाको काखमा समुद्री सतहबाट ४,९१९ मिटरको उचाइमा रहेको तिलिचो ताल विश्वमा नै प्रख्यात छ। सन् २०१९ मा पर्वतारोहीको एक टोलीले काजिन सारा ताल फेला पार्नुअघिसम्म तिलिचोलाई विश्वकै अग्लो स्थानमा रहेको ताल मानिन्थ्यो।

भौगोलिक र वातावरणीय रूपमा निकै अनुपम तिलिचो ताल विश्वका उत्कृष्ट ट्रेकिङ गन्तव्यमध्येमा पनि गनिन्छ।

असोजदेखि मंसिर र चैत-वैशाखको समय तिलिचो पुग्नका लागि सबैभन्दा उपयुक्त मानिन्छ। खुला आकाश, हिमालको चमक र तालको मनमोहक दृश्यले निकै आनन्दित तुल्याउँछ।

यहाँको मुख्य आकर्षण भनेकै तालको गहिरो, चम्किलो र नीलो पानी हो, जहाँबाट वरिपरिका तिलिचो पिक, निलगिरि हिमाल, खंगारु र अन्नपूर्ण हिमालका चुचुरा स्पष्ट नियाल्न सकिन्छ। यी विशाल हिमालहरूको हिउँ पग्लेरै तिलिचो ताल बनेको हो।