काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

मौसम अपडेट

१० कार्तिक २०८२
अ+
अ-

काठमाडौं। देशमा हाल पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रणालीको प्रभावले आज (सोमबार) रातिदेखि पर्सि (बुधबार) बिहानसम्म गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार गण्डकीका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपातको पनि सम्भावना छ।

तसर्थ सम्भावित हिमपात/वर्षाको कारणले दैनिक जनजीवन, पर्वतारोहणलगायत कृषि, पर्यटन क्षेत्रमा समेत असर पर्ने सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा महाशाखाले सूचनामार्फत अनुरोध गरेको छ।

महाशाखाले यस प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको जनाएको छ। यहीअनुसार नियमित रूपमा अद्यावधिक गर्दै जाने पनि महाशाखाले जनाएको छ।