काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१० कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले पत्नी सविताका साथ आज (सोमबार) छठी माताको पूजा-आराधना गरेका छन्।

राष्ट्रपति पौडेलले पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिरअघि बागमतीकिनार गौरीघाटमा तयार गरिएको छठ पूजास्थलमा पुगेर सोमबार छठी माताको पूजा अर्चना गरेको उनको स्वकीय सचिवालयले जनाएको छ। राष्ट्रपति पौडेल र पत्नी सविताले पूजास्थलमा अस्ताउँदो सूर्यलाई अर्घदान गरेका छन्।

राष्ट्रपति पौडेल गुह्येश्वरी पुग्दा राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनी, पशुपति विकास कोषका पदाधिकारी, काठमाडौं महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष आशामान संगत, छठ पूजा आयोजक समितिका पदाधिकारीलगायतल स्वागत गरेका थिए।

हेर्नुहोस् थप तस्बिर :

सबै तस्बिर : राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालय