काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

११ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले आजदेखि लागु हुने गरी राजीनामा दिएका छन्।

उनले राष्ट्रपति रामचन्द्र पौडेल, संघीय संसद्का महासचिव र प्रतिनिधिसभाका सचिवसमक्ष राजीनामा बुझाएका हुन्।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिअनुसार सचिव अर्यालले राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन २०७५ को दफा (६) को खण्ड ‘क’ बमोजिम आजैदेखि लागु हुनेगरी राजीनामा स्वीकृत हुन पदबाट लिखित राजीनामा दिएको जनाइएको छ।