काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

११ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। नख्खु कारागारबाट फरार भएका एक कैदी पक्राउ परेका छन्। पक्राउ पर्नेमा उदयपुर कटारी नगरपालिका-१० घर भएका ४३ वर्षीय चुक्ताबहादुर राउत रहेका छन्।

उनलाई वृत्त जनसेवाको टोलीले काठमाडौं-१२ टेकुबाट सोमबार राति पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

राउत जेन-जी आन्दोलनको क्रममा २५ भदौमा नख्खु कारागारबाट भागेका थिए। उनी जबरजस्ती करणी मुद्दामा कारागार चलान भएका थिए। उनलाई प्रहरीले नख्खु कारागारमा जिम्मा लगाएको छ।