काठमाडौँ। उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाका प्रहरी बल प्रमुख राजुनाथ पाण्डेको रिट खारेज गरिदिएको छ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले आफूलाई गरेको निलम्बनविरुद्ध पाण्डेले दायर गरेको रिट उच्च अदालतले खारेज गरिदिएको हो।
उच्चका न्यायाधीश डालबहादुर खड्का र दीपक खनालको संयुक्त इजलासले बुधबार पाण्डेको रिट खारेज गरिदिएसँगै उनी निलम्बनमै रहने भएका हुन्।
पाण्डेलाई निलम्बन गरेपछि काठमाडौं महानगरपालिकाले नयाँ महानगर प्रहरी बल प्रमुखमा नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीलाई ल्याएको थियो। अब उनैले निरन्तरता पाउनेछन्।
राजुनाथ पाण्डे ६ महिनाका लागि निलम्बनमा परेसँगै जोशीलाई गत २० जेठमा नगर प्रहरीको कमान्ड दिने निर्णय प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले गरेका थिए।