१२ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प दक्षिण कोरिया आइपुग्नुभन्दा केही घण्टाअगाडि उत्तर कोरियाले अर्को क्षेप्यास्त्र परीक्षण गरेको छ।

ट्रम्प ‘एसिया प्यासिफिक इकोनोमिक को-अपरेशन’ को बैठकमा भाग लिन दक्षिण कोरिया जाँदै गर्दा उत्तर कोरियाले मिसाइल परीक्षण गरेको हो।

उत्तर कोरियाले जमिनबाट हावा प्रहार गर्ने मिसाइल परीक्षण गरिएको दाबी गरेको छ। बीबीसीका अनुसार उक्त परीक्षण उत्तर कोरियाको परमाणु हतियार वैध ठहराउने प्रतीकात्मक प्रयास भनिएको छ।

मिसाइललाई सोझै आकाशतर्फ पठाइएको र झण्डै सात हजार ८०० सेकन्डसम्म हावामा रहेको बीबीसीले जनाएको छ।