काठमाडौं। नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले पदबाट राजीनामा दिएका छन्।
सुदूरपश्चिम प्रदेश कार्यालयमा कार्यरत रानाभाटले बुधबार प्रहरी प्रधान कार्यालयमा राजीनामा दिएका हुन्।
राजीनामाको कारण व्यक्तिगत रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले बताए। उनको राजीनामा प्रधान कार्यालयले गृह मन्त्रालयमा पठाउने तयारी गरेको छ।
गृहले राजीनामा स्वीकृत गरेपछि राजीनामाको औपचारिक प्रक्रिया पूरा हुन्छ। रानाभाट १८ साउन २०५८ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए। उनी २०८२ साउनमा एसएसपीमा बढुवा भएका थिए।
रानाभाटले राजीनामा कारण पारिवारिक रहेको बताए। “मेरो राजीनामा विशुद्ध रूपमा व्यक्तिगत हो, केही पारिवारिक काम छन्,” उनले भने, “अन्यत्रसमेत काम गर्ने अवसर लिन सकिन्छ।”