काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१२ कार्तिक २०८२
त्रिवि शिक्षण अस्पतालअगाडि नर्सहरूले गरेको आन्दोलन।
अ+
अ-

काठमाडौँ। निजी अस्पताल र शिक्षण संस्थामा कार्यरत नर्सहरूको न्यूनतम पारिश्रमिक सरकारले तोकेअनुसार हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएको नर्सहरूले बुधबार दुई घण्टा सेवा ठप्प पारेका छन्। नेपाल नर्सिङ संघको आह्वानमा उनीहरूले बुधबार बिहान १० देखि १२ बजेसम्म सेवा ठप्प पारेका हुन्।

संघले २ कात्तिकमा आन्दोलनको नयाँ कार्यक्रम घोषणा गर्दै १२ कात्तिकदेखि दैनिक दुई घण्टा सेवा रोक्ने घोषणा गरेको थियो। संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यदलले १८ कात्तिकमा बुझाउने प्रतिवेदनपछि नयाँ कार्यक्रम घोषणा गर्ने जनाएको छ।

नर्सहरूले उठाएको मागलाई सम्बोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यदल गठन गरेको छ। जसको कार्यावधि छठपछि सात दिन तोकिएको छ।

संघको आह्वानमा नर्सहरू ४ कात्तिकबाट हातमा कालोपट्टी बाँधेर सेवामा रहेका थिए। नर्सहरू सेवा तथा सुविधासहितका विषयमा १५ सूत्रीय माग आन्दोलनमा रहेका छन्।