काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१२ कार्तिक २०८२
फाइल तस्बिर।
अ+
अ-

काठमाडौं। सरकार र राजनीतिक दलसँग छलफलमा १३ जना जेनजी प्रतिनिध बस्ने भएका छन्।

प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले दिएको जानकारीअनुसार केही समयमा सरकारले राजनीतिक दल र जेनजीसँग पहिलोपटक एकै ठाउँमा संवाद गर्न लागेको हो ।

छलफलमा जेनजीका तर्फबाट मोनिका निरौला‚रक्षा बम‚ पुरुषोत्तम यादव बस्न लागेका हुन् । यस्तै सामना लावती‚ खेमराज साउँद‚ उपअर्जुन चाम्लिङ‚ भोजविक्रम थापा‚ मिरज ढुंगाना‚ विवेक दाहाल‚ जेम्स कार्की‚ रेहनराज डंगोल‚ अमीत खनाल र राजन रानामगर पनि छलफलमा सहभागी हुनेछ।