काठमाडौं। सरकार राजनीतिक दल र जेनजी पदाधिकारीबीच भएको छलफलमा नेकपा एमालेले संसद् पुन:स्थापनाको माग गरेको छ।
प्रधानमन्त्री सुशीला कार्कीको सरकारीनिवास बालुवाटारमा भएको बैठकमा एमालेले यस्तो प्रस्ताव राखेको जेनजी प्रतिनिधि खेम साउँदले बताए। जसमा जेनजी प्रतिनिधिहरू सहमत नभएको पनि उनले जानकारी दिए।
“उहाँहरू (एमाले)ले संसद् पुन:स्थापना हुनुपर्छ भन्नुभयो। हामीले जेनजीको विद्रोहको उपलब्धि त्यो होइन। चुनाव हो भन्यौँ‚” उनले भने।