१३ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। नेकपा एकीकृत समाजवादी पार्टी केन्द्रीय कमिटीको बैठक बिहीबार पनि जारी रहने भएको छ।

धबारदेखि सुरु भएको बैठकको पहिलो दिन पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका थिए।

राजनीतिक प्रतिवेदनमार्फत अध्यक्ष नेपालले वर्तमान सन्दर्भमा कम्युनिस्ट एकता आवश्यक भए पनि स्पष्ट वैचारिक र संगठनात्मक आधार नभई एकता सम्भव नहुने बताएका थिए। उनले विचार, नीति र आचरणमा समानता बिना पार्टी एकता केवल औपचारिक बन्ने चेतावनी पनि दिएका छन्।

शुक्रबारसम्म चल्ने बैठकले मुख्यत: नेकपा माओवादी केन्द्र सँग एकताका लागि औपचारिक निर्णय लिने भनिएको छ। अध्यक्ष नेपालसहितका संस्थापन पक्षका नेता माओवादी केन्द्रसँगको पार्टी एकताको लागि औपचारिक निर्णय गर्ने योजनामा रहेका छन्। तर सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल पक्षका नेताहरू भने त्यसको विपक्षमा छन् ।