१३ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। दक्षिण अफ्रिका जारी आइसीसी महिला क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ।

बुधबार सम्पन्न सेमिफाइनल खेलमा इङल्याण्डलाई १२५ रनले पराजित गर्दै दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा पुगेको हो।

गुवाहाटीमा भएको खेलमा दक्षिण अफ्रिकाले दिएको ३ सय २० रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड ४२ ओभर ३ बलमा १९४ रनमा अलआउट भयो।

त्यसअघि दक्षिण अफ्रिकाले पुरै ५० ओभरमा ७ विकेट गुमाउँदै ३१९ रन बनाएको थियो। अब दोस्रो सेमिफाइनल खेल भारत र अष्ट्रेलियाबीच आज हुँदैछ।