काठमाडौँ। नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। पेट्रोलको मूल्य भने यथावत् रहेको जनाएको छ।
भारतबाट पेट्रोलमा ०.०३ रुपैयाँले र डिजेलमा १.१९ रुपैयाँले घटेर आएकाले निगमले शुक्रबार राति १२ बजेपछि लागु हुनेगरी डिजल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले घटाएको जानकारी दिएको छ।
निगमका अनुसार मूल्य परिवर्तनपछि काठमाडौँमा डिजेल र मट्टितेल प्रतिलिटर १४४ रुपैयाँ भएको छ।
यस्तै निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ७ डलरले बढाइएको निगमले जनाएको छ।
