काठमाडौं। जेन-जी आन्दोलनमा लुटिएको पेस्तोल र गोली खरिद-बिक्री गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङ धुनिवेशी गाउँपालिका घर भई जिल्ला काठमाडौं महानगरपालिका-१५ बस्ने २१ को कृष्ण गुरुङ रहेका छन्। उनी प्रहरी कार्यालयबाट पेस्तोल लुटपाटमा संलग्न रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१५ भगवापाउँका २५ वर्षीय को राजन देउला रहेका छन्। उनी हतियार खरिद र बिक्रीमा संलग्न रहेको परिसर प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताए।
यसैगरी, भारत, मोतिहारी सितामढी घर भई जिल्ला काठमाडौं महानगरपालिका-१५ ट्राफिक कार्यालयनजिक डेरा बस्ने २४ वर्षीय अकबर खान रहेका छन्। उनी पेस्तोल खरिद-बिक्रीमा संलग्न रहेको प्रहरीले जनाएको छ।
यसैगरी, काठमाडौं महानगरपालिका-१५ बिजेश्वरी रिट्रीट अपार्टमेण्टनजिक बस्ने २६ वर्षीय सुमिन शाक्य र काठमाडौं महानगरपालिका-३१ बस्ने ३८ वरषीय प्रभात मल्ल रहेका छन्। शाक्य खरिद-बिक्री र मल्ल पेस्तोल खरिदमा संलग्न रहेको भट्टराईले बताए।
वृत्त स्वयम्भूको टोलीले उनीहरूलाई पेस्तोल एक थान, म्यागजिन एक थान र १५ थान गोलीसहित बिहीबार पक्राउ गरेको हो। उनीहरूलाई हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट थुनामा राख्ने अनुमति लिई अनुसन्धान थालिएको छ।