काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आज (शुक्रबार) वरिष्ठ पत्रकार एवं सम्पादकहरुसँग भेटघाट गरेकी छन्।
प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा भएको भेटमा गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल, कानुनमन्त्री अनिलकुमार सिन्हा र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पनि उपस्थिति रहेको कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए।
वरिष्ठ पत्रकार तथा सम्पादकहरुसँगको भेटले सरकारलाई सुशासन र निर्वाचनका दिशामा अघि बढ्न थप ऊर्जा र उत्साह मिलेको प्रधानमन्त्री कार्कीले बताएकी थिइन्। छोटो समयको सूचनामा उपस्थित भई महत्त्वपूर्ण सुझाव-सल्लाह दिएकामा सबैलाई धन्यवाद दिइन्।
उनका अनुसार भेट तथा अन्तर्क्रियाका कार्यक्रम अर्को चरणमा अर्को समूहमा गरिनेछ।

तस्बिर : प्रधानमन्त्री सुशीला कार्कीको सचिवालय