१५ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। पाकिस्तानका ब्याट्सम्यान बाबर आजम पुरुष टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्।

बाबर ट्वान्टी–ट्वान्टीमा सर्वाधिक रन बनाउने खेलाडीमध्ये पहिलो नम्बरमा पुगेका छन्। उनले यो रेकर्ड दक्षिण अफ्रिकाविरुद्ध खेलिएको ट्वान्टी–ट्वान्टी प्रतिस्पर्धामा बनाएका हुन्।

पहिले ब्याटिङ गर्दै दक्षिण अफ्रिका १९.२ ओभरमा ११० रनमा अलआउट भएको थियो। जवाफमा पाकिस्तानले १३.१ ओभरमा मात्र एक विकेट गुमाउँदै खेल जित्यो।

यसका साथै उनको ट्वान्टी–ट्वान्टी करिअरमा ४ हजार २ सय ३४ रन पुगेको छ। रोहित शर्मा उनीभन्दा तीन रनले पछि परेका छन् । शर्माले ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रियमा कूल ४ हजार २ सय ३१ रन बनाएका छन्।