भ्रमण दलमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीश विनोद शर्मा र मुख्य रजिस्ट्रार विमल पौडेल पनि सहभागी
काठमाडौँ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत बंगलादेश भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन्।
बंगलादेशका प्रधानन्यायाधीश सैयद रेफत अहमदको मैत्रीपूर्ण निमन्त्रणामा त्यहाँको सर्वोच्च अदालतको अवलोकन भ्रमणका लागि राउत नेतृत्वको टोली आज (शनिबार) त्यसतर्फ गएको हो।
प्रधानन्यायाधीश राउत नेतृत्वको टोली कात्तिक १८ गतेसम्म बंगलादेशमा रहनेछ।
उनको भ्रमण दलमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीश विनोद शर्मा र मुख्य रजिस्ट्रार विमल पौडेल रहेको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।
