काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

चुनावका लागि प्रधानमन्त्रीको सक्रियता

१५ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान गरेकी छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार मुख्यमन्त्रीहरुसहितको बैठक भोलि (आइतबार) दिउँसो ४ बजे बालुवाटारमा बस्नेछ।

बैठकमा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेसका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थिति रहनेछ।

प्रधानमन्त्री कार्कीले परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद गर्न र सहकार्य थप सघन बनाउन बैठक आह्वान गरेको पनि रावलले जनाए।