१५ कार्तिक २०८२
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१२ मा रहेको सुर्खेत विमानस्थलको धावन मार्ग र आसपासको क्षेत्र । तस्बिर: सुरेश आचार्य/रासस
अ+
अ-

काठमाडौँ। निरन्तर वर्षाका कारण देशका तीन विमानस्थलमा उडान अवरुद्ध भएका छन्।

बिहीबारदेखि लगातार परेको वर्षाका कारण मौसम अनुकूल नहुँदा शनिबार भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थलमा उडान स्थगित गरिएको हो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र अरब सागरमा विकसित न्यून चापीय प्रणालीको प्रभावले देशभर वर्षा भइरहेको हो। तर, भोलिदेखि देशका अधिकांश भूभागमा मौसम क्रमशः सुधार हुँदै जाने पूर्वानुमान गरिएको छ।