१५ कार्तिक २०८२
फोटो सौजन्य: नेपालगन्ज स्वीमिङ क्लब बाँके
अ+
अ-

नेपालगन्ज। दोस्रो नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप २०२५ को शनिबार दोस्रो दिनका खेलहरु बिहानैदेखि सुरु भएका छन्।

प्रतियोगिताका प्रमुख पौडी प्राविधिक विष्णु खड्काका अनुसार शनिबार थप २६ इभेन्ट हुनेछन्। जसमा २५ मिटरदेखि ४०० मिटरसम्मका विभिन्न विधाका स्पर्र्धाहरु रहेका छन्।

पहिलो दिनको खेलमा ललितपुरको सगरमाथा स्वीमिङ क्लबले ३१ पदकसहित खेलमा अग्रता लिएको छ। प्रतियोगिताका प्रमुख पौडी प्राविधिक विष्णु खड्काका अनुसार शुक्रबार भएका २६ इभेन्ट मध्ये सगरमाथा क्लब एक्लैले १९ स्वर्ण, ६ रजत र ६ वटा काँस्यसहित ३१ पदक जितेर अग्रता लिएको छ। क्लबले जितेको स्वर्ण पदक मात्रै प्रतियोगिताको कूल स्वर्ण पदकको ७३ प्रतिशत हो। ललितपुरकै जेम्स स्कुलले ५ स्वर्ण, १० रजत र २ काँस्य गरी १७ पदक जितेर दोस्रो अग्रता लिएको छ।

नेपालगन्जको आदर्श माध्यमिक विद्यालयले १ स्वर्ण ४ रजत र १ काँस्य पदक गरी ६ पदक, ललितपुरकै लिटिल एञ्जल्स स्कुलले १ स्वर्ण, २ रजत र ३ काँस्य गरी ६ पदक, बाँके कोहलपुरको शिखा एकेडेमीले एउटा पनि स्वर्ण नजिते पनि ३ रजत र ५ काँस्यसहित ८ वटा पदक जितेको छ।
नेपालगन्जकै स्प्रिङडेल स्कुल र काठमाडौंको युनिग्लोब स्कुलले समान दुई दुई काँस्य पदक जितेका छन्।

नेपालगन्ज स्वीमिङ क्लब बाँके, काठमाडौैंकोे राई स्कुल र कोशी प्रदेशले पनि समान एक एक काँस्य पदक(जितेका छन्। प्रतियोगितामा देशभरबाट १५० जना खेलाडीको सहभागिता रहेको छ।

फोटो सौजन्य: नेपालगन्ज स्वीमिङ क्लब बाँके