चितवन। मुग्लिन नारायणगढ सडक खण्ड अन्तर्गत तुइन खोला पुल र काली खोला नजिकै सामान्य रूपमा ससाना ढुङ्गाहरू खस्ने क्रम रोकिएको छैन।
यात्रु तथा चालकलाई सावधानी अपनाउन सडक डिभिजन कार्यालय भरतपुरले आग्रह गरेको छ।
कार्यालयका अनुसार तुईन खोला पुल र काली खोला नजिकका पहाडी भागबाट समय–समयमा ढुंगा खस्ने घटना भइरहेको छ। खसेका ढुंगाहरूलाई मेशिनको सहायताले हटाउने कार्य नियमित रूपमा भइरहेको सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए।
सडक डिभिजन भरतपुर मेशिनको प्रयोग गरी स(साना पहिरो पन्छाउँदै सडक आवागमन खुलाइएको जानकारी दिएको छ।
वर्षातको समयमा यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले सडकको अवस्था बुझेर लेन अनुशासनमा रही सुरक्षित यात्रा गर्न कार्यालयले आग्रह गरेको छ।