काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१५ कार्तिक २०८२
अ+
अ-

भोजपुर। भोजपुरको षडानन्द नगरपालिका ४ मा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। अन्य चारजना घाइते भएका छन्।

चाम्लादाङबाट दिङ्लातर्फ आउँदै गरेको प्रदेश १-०२-००३ त १२१३ नम्बरको काठ बोकेको ट्याक्टर आज (शनिबार) दुर्घटना हुँदा षडानन्द नगरपालिका ४‚ केराबारीका २५ वर्षीय ट्याक्टर चालक आइतबहादुर तामाङ र अरुण गाउँपालिका ४, चरम्बीका १७ वर्षीय नवीन तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख राजु लामाले जानकारी दिए।

दुर्घटनामा घाइते हुनेमा १९ वर्षीय दाछिरि शेर्पा, २३ वर्षीय अम्बर तामाङ, १८ वर्षीय सागर तामाङ र १८ वर्षीया सुनीता तामाङ छन्। घाइते चारैजनाको दिङ्ला नगर अपस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।