काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

अपराध

५० वर्षीय बुबाको हत्या गर्ने २३ वर्षीय छोरा पक्राउ

१६ कार्तिक २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौं। कोदालोले हानेर आफ्नै दाइको हत्या गर्ने ३४ वर्षीय चित्रबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-१ पुनर्बासका चित्रबहादुरले ३६ वर्षीय दाइ कृष्णबहादुर शाहीमाथि कोदालोको बिँडलगायतले प्रहार गरेका थिए। प्रहरीका अनुसार कृष्णबहादुरको घटनास्थलमै मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले चित्रबहादुरलाई आइतबार पक्राउ गरेको हो। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

५० वर्षीय बुबाको हत्या गर्ने २३ वर्षीय छोरा पक्राउ
यसैबीच आफ्नै बुबा ५० वर्षीय धनबहादुर विकको हत्या अभियोगमा गुल्मीको मालिका गाउँपालिका ३, म्याल बस्ने २३ वर्षीय भोटबहादुर विकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

भोटबहादुरले हँसिया र काठ ठोक्ने मुहुरोले प्रहार गर्दा धनबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनामा सख्त घाइते भएकी भोटबहादुरकी आमा दिलमाया विकको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ।