काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१६ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि स्थगन भएको छ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगन भएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। पौडेलका अनुसार बैठक दुई दिन स्थगन गरेर मंगलबारका लागि बोलाइएको छ।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक स्थगित भएको छ। उक्त बैठक २०८२ कात्तिक १८ गते मंगलबार दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ‚’ उनले भने।

महाधिवेशन कार्यतालिका विवाद मिल्न नसक्दा कांग्रेस बैठक बस्न नसकेको हो। पार्टीले शुक्रबार बोलाएको बैठक पनि स्थगन गरेको थियो।

कांग्रेसमा संस्थापन पक्ष निर्वाचनपश्चात् महाधिवेशन गर्नुपर्ने पक्षमा छ भने महामन्त्रीहरू नेतृत्वको पक्ष भने मंसिरमा नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा छ। यी दुईबीच कुरा मिल्न सकेको छैन।