काठमाडौँ
००:००:००
६ माघ २०८२, मंगलवार

१६ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। देशभरीका लोकतन्त्रप्रति आस्था राख्ने जेनजीहरुको फोरम गठन गरिएको छ।

आम लोकतान्त्रीक युवाहरुको साझा फोरमको रूपमा आइतवार सुरेन्द्र भण्डारीको संयोजकत्वमा डेमोक्रेटिक जेन्जी फोरम गठन भएको हो।

उक्त फोरमको सदस्यमा पुजन चाम्लिङ राई इलाम, रिशा थापा ललितपुर, सरोज बिष्ट अछाम, बिशाल शाही हुम्ला, कुम्भराज सहकारी देउवा कालिकोट , जनक साउद दैलेख, लक्ष्मी प्रसाद पौडेल पोखरा, महेन्द्र कुंवर, रमेश न्यौपाने दैलेख, सुनिता मल्ल मुगु, सतेन्द्र यादव, विनोद उपाध्यय धादिङ ,निरन्जन रोहिता धनुषा, सहितको कार्यसमिति गठन गरिएको छ।

लोकतान्त्रिक जेन्जी फोरमले राष्ट्रीयता, लोकतान्त्रिक मुल्य मान्यताको रक्षा, समावेशि, सङ्घियता, लोकतान्त्रिक गणतन्त्र , प्रेस स्वतन्त्रता , नागरिक सर्वोच्चता, स्वतन्त्र न्यायपालिका लगायत लोकतन्त्र का मुलभुत आधार स्तम्भ लाइ जुनसुकै बहाना बाट हुने आक्रमण र षड्यन्त्र लाइ चिर्दै लोकतन्त्र प्रति आस्था राख्ने सम्पुर्ण जेन्जी युवाहरुलाइ एकिकृत गर्न डेमोक्रेटिक जेन्जि फोरम गठन गरिएको हो।

फोरमका संयोजक भण्डारीका अनुसार हिजोका दिनमा भएका थुप्रै कमिकमजोरिलाइ समिक्षा गर्दै आगामी दिनमा गल्ति नदोहोर्र्याउने प्रतिबद्दता गर्दै लोकतन्त्रलाई थप विकसित र परिस्कृत गर्दै अगाडी बढाउने फोरमले लक्ष्य लिएको छ।

उनले चाँडो भन्दा चाडो राष्ट्रव्यापी लोकतन्त्रप्रति प्रति आस्था राख्ने देशैभरि छरियर रहेका सवै जेनजी युवालाई सङ्गठित गर्न सात प्रदेश र ७७ जिल्लामा संयोजक चयन गरेर अघी बढ्ने फोरमको तयारी रहेको बताए ।