काठमाडौँ। आफूहरूलाई ‘बाइपास’ गर्दै सरकारसँग सम्झौता भएको भन्दै पोखरामा नर्सहरूले आन्दोलत जारी राखेका छन्। पोखरा पृथ्वीचोकमा गण्डकी मेडिकल कलेजका नर्सहरू आन्दोलनमा उत्रिएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार भएको वार्तामा सहभागी स्वास्थ्यमन्त्री डा. सुधा शर्मा, सचिव डा. विकास देवकोटा, सरकारद्वारा गठित समितिका संयोजक डा. श्रीकृष्ण श्रेष्ठ, प्रवक्ता डा. प्रकाश बुढाथोकी, नर्सिङ संघकी अध्यक्ष, महासचिव, निजी मेडिकल कलेज, निजी अस्पतालका प्रतिनिधिहरूबीच नर्सको समस्या समाधान गर्ने सहमति भएको थियो। उक्त सहमतिमा असहमति जनाउँदै पोखराका नर्सहरू आन्दोलनमा उत्रिएका हुन्।
आफ्ना मागको उचित मूल्यांकन नगरी सम्झौता गरेको उनीहरूको आरोप छ।