काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१६ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित आठवटा कम्युनिस्ट घटकहरुको संयुक्त केन्द्रीय कमिटीको बैठक १९ कात्तिकमा गर्ने भएको छ।

सोही भेलाबाट माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा समाजावादी, नेपाल जनता समाजवादी, नेकपा माओवादी समाजवादी, नेकपा साम्यवादी, जनसमाजवादी पार्टी नेपाल, नेकपाको केन्द्रीय कमिटीको संयुक्त बैठकबाट एकताको घोषणा गरिने भएको हो।

नयाँ दलको क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवादी हुने उल्लेख छ। त्यसैगरी सो समूहले आन्दोलनको स्वरुप मूलत: शान्तिपूर्ण हुने जनाएको छ। “परिस्थितिअनुसार सडक, सदन र सरकारलगायत आवश्यकताअनुसारका सबै मोर्चाहरु आन्दोलनको मोर्चा हुनेछन्,” संयुक्त एकता सहमतिपत्रमा उल्लेख छ। केन्द्रमा संयोजक र सहसंयोजक रहने सहमति भएको छ।

त्यसैगरी “सबै तहका पार्टी समितिहरू र जनसंगठनहरूमा इन्चार्ज तथा सहइन्चार्ज र संयोजक तथा सह-संयोजकहरु सम्भव भएसम्म एकतामा सहभागी घटकहरुबाट रहने व्यवस्था गरिनेछ,” सहमतिपत्रमा उल्लेख छ। त्यसैगरी नेतृत्व सामूहिक नेतृत्व प्रणालीमा आधारित जनवादी केन्द्रीयताको सिद्धान्तअनुसार हुने उल्लेख छ।