काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

कांग्रेस सुधार अभियानको माग- युवाको भावना नजरअन्दाज नगरियोस्

१६ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। सुरक्षा घेरा तोडेर कांग्रेस सुधार अभियान (अन्डर-४०) ले नेपाली कांग्रेस पार्टी मुख्यालयको गेटसम्म पुगेर प्रदर्शन गरेको छ।

योसँगै उनीहरूले पार्टी कार्यालयको गेटमा तालाबन्दी पनि गरेका छन्। पार्टी कार्यालय प्रवेश गर्ने मुखैमा प्रहरीको सुरक्षा घेरा तोडेर अभियान सम्बद्ध समूह पार्टी कार्यालयको गेटसम्म पुगेको हो। उनीहरूले नियमित महाधिवशेन र युवाको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने मागसहित नाराबाजी र प्रदर्शन गरे। पार्टी कार्यालयको प्रांगणमा जान गेट बन्द गरिएसँगै उनीहरूले बाहिरै बसेर नाराबाजी गरिरहेका छन्। उनीहरूले “नियमित महाधिवेशन गर्न नसके, वर्तमान केन्द्रीय समिति विघटन गरियोस्‚ आमकांग्रेसजन र युवाहरुको भावनालाई नजरअन्दाज नगरियोस्।” लगायत नारा लगाएका छन्।

जेनजी आन्दोलनमा पार्टी कार्यालय जलाइएसँगै सुरक्षा तैनाथी बढाउनुका साथै कसैलाई पनि जाँचविना प्रवेश रोकिएको छ।
हेर्नुहोस् थप तस्बिर :

तस्बिर : नेपाल फोटो लाइब्रेरी