काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१७ कार्तिक २०८२
प्रधानमन्त्री सुशीला कार्की।
अ+
अ-

काठमाडौं। सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई सहिद घोषणाको निर्णय गरेको छ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २३ र २४ भदौमा भएको आन्दोलनका क्रममा काठमाडौंलगायत मुलुकका विभिन्न ठाउँमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।

उनका अनुसार गृह मन्त्रालयलगायत सरोकारवाला निकायबाट गरिएको अध्ययनपछि ४५ जनालाई सरकारले सहिद घोषणा गरेको हो।

सरकारले वैदेशिक रोजगार न्यायाधीकरणको सदस्यमा सह-न्यायाधीवक्ता घनश्याम ओझालाई तोक्ने निर्णय पनि गरेको छ। विपद् संकटग्रस्त जिल्ला घोषणा गरिएको इलामका प्रभावित स्थानीय तहहरूलाई सहयोग उपलब्ध गराउन आवश्यक पर्ने रकम पाँच करोड ३० लाख रुपैयाँ विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको छ।

यस्तै सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप कोष नियमावली २०८२ स्वीकृत गरेको छ ।