काठमाडौँ
००:००:००
२१ मंसिर २०८२, आईतवार

१७ कार्तिक २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

सप्तरी। सप्तरीको सुरुंगा नगरपालिका २ स्थित सडकबाट स्रोत नखुलेको नगद २३ लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापा दमक ५ का २८ वर्षीय किरण सिटौला र १९ वर्षीय धीरज प्रसाईं छन्।

इलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको प्रहरीले कदमाहाबाट गाईघाटतर्फ जाँदै गरेको बा.प्रदेश ०१-०२८ च ५००८ नम्बरको पिकअप गाडी जाँचका क्रममा आइतबार राति उक्त नगद फेला पारी चालक किरण र गाडीमा यात्रारत धीरजलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।