काठमाडौँ
००:००:००
२१ मंसिर २०८२, आईतवार

१७ कार्तिक २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ। स्याङ्जामा चोरीका आरोपी ४७ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा गल्याङ नगरपालिका ७, कल्लेरीका ७० वर्षीय लालबहादुर राना छन्।

वडा प्रहरी कार्यालय वालिङले रानालाई आइतबार आफ्नै घरबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरीले बताए। १५ वैशाख २०३५ को राति भएको चोरीको घटनामा उनलाई जिल्ला अदालतले एक महिना १५ दिन कैद र ४५ सय रुपैयाँ जरिवाना तोकेको थियो।

१६ मंसिर २०४५ मा रानालाई कैद तथा सजाय तोकिएकामा उनी फरार थिए। प्रहरीका अनुसार गल्याङकै दिलबहादुर रानामगरको घरबाट सुनका गहना र रेडियो चोरीको आरोपमा रानामाथि मुद्दा चलेको थियो। उनलाई जिल्ला अदालत लगिएकामा कारागार चलान भएको चौधरीले बताए।