१७ कार्तिक २०८२
अ+
अ-

धादिङ। धादिङको थाक्रे गाउँपालिका ७ स्थित पृथ्वी राजमार्गमा दुईवटा मोटरसाइकल आपसमा जुध्दा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन्।

काठमाडौँबाट धादिङको महादेववेशीतर्फ जाँदै गरेको बा.७०प १६५१ नम्बरको मोटरसाइकल र गजुरीबाट काठमाडौँतर्फ आउँदै गरेको बा.९७प २८५२ नम्बरको मोटरसाइकल सोमबार साँझ साढे ६ बजेतिर आपसमा ठोक्किएका हुन्।

दुर्घटनापछि बा.७०प १६५१ नम्बरको मोटरसाइकल ना.६ख ३०१३ नम्बरको ट्रकको अगाडिको दायाँ टायरमुनि पुग्दा मोटरसाइकल चालक धादिङको थाक्रे गाउँपालिका ६ का ६० वर्षीय उत्तम अर्यालको घटनास्थलमै मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा अर्को मोटरसाइकलका चालक गजुरी गाउँपालिका १ का ३० वर्षीय राजन श्रेष्ठ भने घाइते भएका छन्। उनलाई उपचारका लागि काठमाडौँ पठाइएको छ।

इलाका प्रहरी कार्यालय खानिखोलाका प्रहरी निरीक्षक नन्दराज जैशीका अनुसार धादिङ बेनिघाट रोराङ ५ का ३५ वर्षीय ट्रक चालक धनबहादुर परियार प्रहरी नियन्त्रणमा छन्।